एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’ « Khabarhub

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफरल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसबाट फाइदा लिन सक्नेछन् ।
यो अफर फागुन १५ देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्मको समय अवधिमा भित्रको लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी अफरमा निःशुल्क रुपमा सहभागि हुन सक्नेछन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समय सिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफरले ग्राहकलाई आफ्ना प्रिय जनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्टिक १७१०६ एस्टिक १ ह्यास् डायलगरी आफुले सुचारु गरेको अफरको समय सिमा सजिलै थाहा पाउन सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १० : ३१ बजे

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला

बालेनलाई रास्वपामा मिल्नेछ रविपछिको हैसियत

काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि

मह र च्याउ खेतीको प्रवर्द्धन गर्न सरकारले ल्यायो नयाँ कार्यविधि 

काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल