प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो « Khabarhub

प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा जारी प्याराग्लाइडिङ वर्ल्ड कप ‘एशियन टुर’ तथा १९ औं संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनौट प्रतियोगिताको बिहबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपाल दोस्रो स्थान प्राप्त गरेको हो ।

यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्का साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्क सहित दोस्रो हासिल गरेको थियो ।

नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्का साथ पहिलो, जङ्गमेन चोइ ७३४ अङ्क सहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्क सहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् ।

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्क सहित प्रथम, कोरियाका याना ली १५६ सहित द्धितीय र स्विजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्क सहित तेस्रो र चौथो स्थानमा छन् ।

प्रतियोगिहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।

प्रतियोगितामा २० देशका ९२ जना खेलाडीहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिहेका छन् । यस टुरबाट पाँच देखि आठ जना खेलाडी प्याराग्लाइडिङ वर्ल्डकप सुपर फाइनलका लागि छनोट हुनेछन् ।

यस वर्ष नेपाल सहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ३५ बजे

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६