नेपाली यु-२३ फुटबल टोली कतार प्रस्थान, पहिलो खेल ओमानसँग | Khabarhub Khabarhub

नेपाली यु-२३ फुटबल टोली कतार प्रस्थान, पहिलो खेल ओमानसँग


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यु—२३ क्वालिफाएरर्स खेल्ने नेपाली यु–२३ फुटबल टोली कतार प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार प्रस्थान गरेको नेपाली टोलीलाई एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको थियो ।

२३ सदस्यीय टोली मंगलबार नै त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगिता मार्च २२ देखि २६ सम्म हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले कतार, ओमान र अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, रहेका छन् । यस्तै, अर्पण कार्की, असिम भुसाल, विकास खवास, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी छन् भने यस्तै हेमन्त थापा मगर,कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की रहेका छन् । टोलीको मुख्य प्रशिक्षकका रुपमा बाल गोपाल महर्जन र सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।

नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा र दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ । क्वालिफाएरको शीर्ष टोलीले एएफसी यू—२३ च्याम्पियनसिप खेल्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : २५ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी