काठमाडौं – अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारको दोहामा शान्ति सम्झौता हुँदैछ ।
३० देशका राजदूतलाई साक्षी राखेर हुन लागेको शान्ति सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिका सैनिक फिर्ताको मार्ग खुल्नेछ ।
सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा सार्वजनिक गरेको छ ।
‘यदि अफगानी सरकार यो सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ ।’ ट्रम्पको भनाई उदृत गर्दै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारले संयुक्त वक्तव्य जारी गर्नेछन् । तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेका थियो ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा संलग्न ओसामा बीन लादेन लुकाएको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि तालिवान सरकार ढलेको थियो ।
यद्यपी तालिवानी समूहको सरकार ढले पनि उसले अफगानिस्तानमा शसस्त्र युद्ध गर्दै आएको थियो ।
झण्डै दुई दशकको युद्दपछि अमेरिका र तालिवानका प्रतिनिधिले २९ फेब्रुअरीमा शान्ती सम्झौता गर्ने सहमती गरेका थिए ।
सोही सहमतीलाई शुक्रबार राती ट्रम्पले अमेरिकी प्रतिनिधिलाई सम्झौता गर्न अनुमति दिएका थिए । सम्झौताका लागि शुक्रबार राति नै अफगान सरकारले ६ सदस्यीय टोली कतार पठाइसकेको छ ।
प्रतिक्रिया