एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल « Khabarhub

एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा नेपालले अहिले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले टस जीतेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।

मलेसियाविरुद्ध नेपाल जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । उपाधि जीत्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम समेत मानिएको छ ।

मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउँनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : ४४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ