इरानमा कोरोना भाइरसका कारण सांसदसहित २ सय १० जनाको मृत्यु « Khabarhub

इरानमा कोरोना भाइरसका कारण सांसदसहित २ सय १० जनाको मृत्यु


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा कोरोनाभाइरसको संक्रमण भएका एकजना सांसद्को मृत्यु भएको छ ।

गत साता संसद्मा निर्वाचित मोहम्मद अली रामजानी दस्तकको मृत्यु भएको हो ।

उनलाई गतसाता मात्र कोरोनाभाइरसको संक्रमण लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

कोरोनाभाइरसका कारण इरानमा हालसम्म २ सय १० जनाको ज्यान गइसकेको छ । त्यसबाहेक त्यहाँका उपराष्ट्रपतिसँगै उपस्वास्थ्यमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यद्यपि त्यहाँको सरकारी सञ्चारमाध्यमले भने उनको मृत्युको कारण कोरोनाभाइरस नभई ‘इन्फ्लुएन्जा र इरान–इराक युद्धका बेला भएको रासायनिक चोटपटक’ का कारण भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : २९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा