भृकुटीमण्डपमा नेपथ्यको सांगीतिक प्रस्तुतिमा झुमे दर्शक | Khabarhub Khabarhub

भृकुटीमण्डपमा नेपथ्यको सांगीतिक प्रस्तुतिमा झुमे दर्शक


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित लोक रक ब्याण्ड नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा शनिबार दर्शक नचाएका छन् ।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपिराखे है’

गीतको बेलासँगै देखिएको नेपथ्यले एकपछि अर्को गर्दै सर्वकालिक हिट गीतहरु प्रस्तुत गरेको थियो । ‘भूकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुनःनिर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा गायक अमृतले देशका धेरै बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित रहेको उल्लेख गर्दै सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले उनको परिचित शैलीमै पछिल्लो ‘है’ लाई लेघ्रो तानेर चिच्याउँदा भृकुटीमण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरि उनलाई साथ दिएका थिए ।

कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए । लडाइका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीत अमृतले उनको मामाबाट सुनेका थिए । त्यसैलाई परिमार्जन सहित नेपथ्यले आफ्नो पछिल्लो एल्बममा समावेश गरेको छ ।

झमझमी नाच्ने भाकामा तयार भएको यो गीतसँगै दर्शक पनि नाचेका थिए । कार्यक्रममा नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर दर्शक रिझाएको थियो । कार्यक्रममा अमृतले पैदल यात्राका क्रममा फेला परेका तथा तयार पारिएका कतिपय गीत पनि गाएर सुनाएका थिए । त्यसैबेला उनले दर्शकहरुलाई नेपाल घुम्ने सुझाव पनि दिए ।

‘भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको दोलखाको भिमेश्वरनगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको सहयोगार्थ ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर यो कन्सर्ट आयोजना गरिएको थियो । उदेश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको थियो ।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ ।’

दोलखाको त्यस सरकारी स्कुल पुनःनिर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ । स्वीकृति प्राप्त डिजाइन मुताविक यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ३ : ०८ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार