मेस्सीले अवसर गुमाउँदा बार्सा रियलसँग पराजित « Khabarhub

मेस्सीले अवसर गुमाउँदा बार्सा रियलसँग पराजित


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २ -० गोल अन्तरले हराएको छ ।

आईतबार राति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी रियलसँग स्तब्ध भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे । दोस्रो हाफमा जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो ।

यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपर थिवाउट कोर्टुवाले दुवैको प्रयासलाई असफल बनाएका थिए ।

जितसँगै रियल ५६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ

मन्त्रालयको संख्या घटाउने सरकारको निर्णय

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी