प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी हुने « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी हुने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् ।

दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि सामेल हुने भएका छन् ।

नेपाली टोलीसँगै उनी पनि टिममा सहभागी हुने स्रोतको भनाइ छ ।

प्राध्यापक डा. अनन्त नेतृत्वको चिकित्सकको टोलीले सन् २००८ मा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो ।

हाल उनी दिल्लीस्थित म्याक्स अस्पतालमा युरोलोजी सर्जरी एण्ड किड्नी ट्रान्सप्लान्टेसन विभागका निर्देशक रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दिने छिन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ५० बजे

रवि–मोदी भेट हुन सक्ने रास्वपा महामन्त्री बुर्लाकोटीको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

काठमाडौं- नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले