कोरोना महामारी : मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित « Khabarhub

कोरोना महामारी : मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ ।  ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । ८० हजार भन्दा बढी संक्रमित भएका छन्

चीन बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ।

५० प्रतिशतले संक्रमण बृद्धि

इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ ।

त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ । शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो ।

सूचना लुकाउने पादरीसहित १२ जनामाथि अनुसन्धान

दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ सय १२ पुगेको छ ।

सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको करियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।

जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा  धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ । यद्यपी मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन् ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।

यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो । योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ०५ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,