क्वारेन्टाइनमा रहेका १ सय ७५ जना मै देखिएन कोरोनाको संक्रमण, आजै घर पठाइने | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जना मै देखिएन कोरोनाको संक्रमण, आजै घर पठाइने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना भाइरस प्रभावित क्षेत्र वुहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्कने भएका हुन् ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो ।

वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : ०४ बजे

न्हेचुङमा पूर्वाधार निर्माण गर्न तीन करोड बजेट

मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न