माधवकुमार नेपालले भने, मन्त्रिमण्डल पुर्नगठन हुनुपर्छ « Khabarhub

माधवकुमार नेपालले भने, मन्त्रिमण्डल पुर्नगठन हुनुपर्छ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् ।

राजधानीमा मंगलबार भएको एक कार्यक्रममा उनले मन्त्रिमण्डल पुर्नगठन हुनुपर्ने आवाज उठाएका हुन् ।

‘सरकारको एक वर्ष पूरा भयो । यसबीचको कामको मूल्याङ्कन गर्ने समय आएको छ,’ नेता नेपालले भने, ‘एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुर्नगठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरू जानकारी छैन ।’ प्रदेश नं २ मा बाहेक ६ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ ।

नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास गरेको बताए । उनले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्ने बताए ।

अर्काे प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ३८ बजे

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ

काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला

इरान घेर्ने अमेरिकी प्रस्तावविरुद्ध भिटो प्रयोग गर्दै चीन र रूस

बेइजिङ- होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिका संयुक्त

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया