कोरोनाको मृत्युदर निर्धारण गर्न यसकारण सहज छैन « Khabarhub

कोरोनाको मृत्युदर निर्धारण गर्न यसकारण सहज छैन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन-कोरोना भाइरसका कारण सोमबारसम्म विश्वभर ३ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

७० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोनाको संक्रमण डरलाग्दो रुपमा फैलिएका कारण मृत्युदर उच्च रहेको हुनसक्ने अनुमान गरिन्छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायत सरकारको मूल्यांकन अनुसार कोरोनाको मृत्युदर केबल २ प्रतिशत वा यसभन्दा कममात्र रहेको बताएका छन् । तैपनि उमेर, लिंग, स्वास्थ्यको अवस्था र आफू बसेको मुलुकको स्वास्थ्य प्रणालीले कोरोनाबाट संक्रमितको मृत्युदर निर्धारण गर्ने शोधकर्ता र वैज्ञानिकहरु बताउँछन् ।

उनीहरुका अनुसार कोरोनाको मृत्युदर गणना गर्न अत्यन्त जटिल छ । कोरोना भाइरसबाट कति संक्रमित छन् भन्ने ठम्याउनै मुस्किलको अवस्था समेत सिर्जना भएको छ । यसको प्रमुख कारण चाहीँ यसबाट संक्रमित हुनेहरु सबै अस्पताल आएर जाँच गर्दैनन् । कसैमा कोरोनाको सामान्यमात्र लक्षण देखिएको छ भने धेरै मानिसहरु भरसक अस्पतालमा उपचारका लागि नजाने गरेको बताइन्छ ।

तसर्थ कति जनामा कोरोनाभाइरसको संक्रमण छ भनेर विश्वव्यापी रुपमै यकिन संख्या पत्ता लगाउनै समस्या छ । अर्को समस्या संक्रमण पुष्टि गर्नका लागि उपलब्ध स्वास्थ्य सेवाको कमी हुनु हो ।

बेलायतको इम्पेरियल कलेजले प्रकाशन गरेको शोध अनुसार कुनै मुलुकमा कोरोनाको सामान्य संक्रमण देखिएपनि पुष्टि गर्न मिल्ने साधन हुन्छ भने कुनै मुलुकमा सामान्य संक्रमण नै देखिए पनि सोही अनुसार नतिजा प्राप्त हुन्छ । यसकारण पनि संक्रमितको यकिन संख्या निर्धारण गर्न समस्या हुन्छ ।

शोधकर्ताहरुले हरेक क्षेत्रमा देखिएको स्वास्थ्य प्रकोपको विश्लेषण गरी यसको मृत्युदर पत्ता लगाउने कोशिस गरिरहेका छन् । कोरोनाको मृत्युदर यकिन पत्ता लगाउन समस्या रहेपनि वैज्ञानिकहरुले मृत्युदरको अनुमान भने लगाउन सक्छन् ।

उनीहरुले कोरोनाको संक्रमण पुष्टि भइसकेका निश्चित संख्याका मानिसहरुको निगरानी गरी संक्रमितहरु बाँच्ने वा उनीहरुको ज्यान जाने संख्या निर्धारण गर्छन् । यसले निगरानीमा रहेका बाहेकका संक्रमितहरुलाई नसमेट्ने भएका कारण वास्तविक मृत्युदर पत्ता लगाउन अत्यन्त कठिन पर्न जान्छ ।

संक्रमितको उमेर, लिंग स्वास्थ्यको अवस्थाले पनि मृत्युदर निर्धारण गर्छ । केही समयअघि कोरोनाको प्रकोप शुरु भएको चीनको हुबेई प्रान्तमा ७२ हजार जनाभन्दा धेरैलाई समेटेर गरिएको हालसम्मकै सबैभन्दा ठूलो शोधअनुसार ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको थियो ।

सोही शोधअनुसार ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु नभएको र ३९ वर्षको उमेरसम्ममा मृत्युदर केबल ०.२ प्रतिशत रहेको उल्लेख थियो । त्यसमाथिका उमेर समूहमा भने मृत्युदर भने क्रमशः बढ्दै गएको र ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत मृत्युको जोखिम रहेको नतिजा आएको थियो ।

लैंगिक अनुपातमा भने पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको थियो ।

बिरामीको स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त शोधले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको र त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको देखाएको थियो ।

तर, हरेक मुलुकको स्वास्थ्य सेवा प्रणालीका कारण चीनको यो तथ्यांक विश्वका अन्य मुलुकमा ठ्याक्कै लागू नहुन सक्छ । चीनको स्वास्थ्य सेवाको स्तर र युरोपेली, अफ्रिकी वा दक्षिण एसियाली मुलुकमा स्वास्थ्य सेवाको स्तर फरक पर्छ ।

स्वास्थ्य सेवाको स्तरसँगै संक्रमितलाई आवश्यक उपचार र हेरचाहमा पनि फरक पर्ने भएका कारण चीनको मृत्युदर विश्वका सबै मुलुकमा लागू हुनेमा भने वैज्ञानिकहरु आशंका व्यक्त गर्छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : ४७ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि