सोमबार नेप्से परिसूचक ६ प्रतिशतले ओरालो  « Khabarhub

सोमबार नेप्से परिसूचक ६ प्रतिशतले ओरालो 


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – साताको दोस्रो दिन शेयर कारोवार नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेको छ ।

नेप्सेका अनुसार साेमबार दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ ।

सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।

आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छे बैंक र एभरेष्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ०८ बजे

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित