शिवपुरी आर्मी स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी अध्ययन कक्षा शुरु | Khabarhub Khabarhub

शिवपुरी आर्मी स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी अध्ययन कक्षा शुरु


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा साेमबारदेखि शुरु भएको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे समान धारणा बनाउन आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल रेडक्रस प्रतिनिधिलगायत २१ अधिकृतको सहभागिता रहेको छ ।

कक्षाको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने सुरक्षाको बहुआयामिक महत्वबारे ज्ञान आदान–प्रदान र बुझ्न सहज हुने बताउँदै उनले कक्षामा प्राप्त ज्ञानबाट विपद्का समयमा सरोकारपक्षबीच सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गरे ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित पाँचौं शृङ्खलाको उक्त कक्षामा सुरक्षा नीतिअन्तर्गत विषयमा ज्ञान प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : १७ बजे

आगलागीबाट प्रभावितलाई राहत वितरण

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल

विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु

पहलगाम– हिन्दुहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ