प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सहिदपुत्र नै भएको युवा संगठनको दाबी (विज्ञप्ति सहित) « Khabarhub

प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सहिदपुत्र नै भएको युवा संगठनको दाबी (विज्ञप्ति सहित)


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी–कर्णाली ब्युरोले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने पदम तिरुवाका पिता मुन तिरुवा सहिद भएको दाबी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले तिरुवाका बुवा कुनै सहिद नभएको भनी जारी गरेको विज्ञप्तिको खण्डन गर्दै नेकपाले उक्त तथ्य बङ्ग्याउने काम गरेको समेत युवा संगठनले आरोप लगाएको छ ।

ब्युरो इन्चार्ज दीपले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय सभागृहमा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सहिदपुत्र रतन तिरुवाबाट भएको जुत्ता प्रहारपछि उक्त पार्टीको जुम्ला जिल्ला समितिले सहिदहरूको अपमान हुने गरी निज रतन तिरुवाका बुबा सहिद होइनन् भन्ने खालको नैतिकहीन र हलुका वक्तव्य बाहिर ल्यायो ।’

२०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिँडिरहेका बेलामा मन तिरुवालाई बेपत्ता पारेर मारिएको दाबी गर्दै उनलाई सहिद होइन भनेर भन्नु जनयुद्धप्रतिको अपमान भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिको पूर्णपाठ…

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : २९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट