गैरकानूनी काम गर्ने ८ चिनियाँ गोर्खाबाट पक्राउ | Khabarhub Khabarhub

गैरकानूनी काम गर्ने ८ चिनियाँ गोर्खाबाट पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ ।

माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई सोमबार पक्राउ गरिएको  प्रहरी उपरीक्षक ओम शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्यांग ग्वाङ लीन, ट्यांग डाकविङ, ट्यांक जुन, ट्यांग जियानहुवा, ट्यांग युजेन, याङ चुन, याङ जियाचुन र लिङगू केसेङ छन् ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार उनीहरु सबैलाई आरुघाट नगरपालिका–३ स्थित सोती भन्ने स्थानमा काम गरिरहेको बेला नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई सोमबार साँझ नै अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

यसअघि माथिल्लो बुढिगण्डकी जलविद्युत परियोजना सञ्चालन गर्ने नौले नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा नेपाल ल्याएको थियो ।

उनीहरुले गैरकानूनी रुपमा काम गरिरहेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई तत्काल कागजात जुटाउन आग्रह गरेको थियो ।

तर  प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै केही चिनियाँहरु भागेका थिए । यद्यपी त्यहाँ बिना कागजात काम गरिरहेका ८ चिनियाँलाई भने पक्राउ गरिएको हो ।

कतिपयसँग पर्यटन भिसा रहेको तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिसा नै नभएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : १५ बजे

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौं–  हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि

‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द

फिक्कल– इलाम नगरपालिकाले विगत चार वर्षदेखि सञ्चालन गरेको ‘इलाम सामुदायिक

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी– गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी