प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे अर्थमन्त्री खतिवडा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे अर्थमन्त्री खतिवडा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् ।

आजबाट राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएसँगै अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

प्रधानमन्त्रीसँग भेटका लागि गएका अर्थमन्त्री डा खतिवडालाई सञ्चारकर्मीले मन्त्री पद र राष्ट्रिय सभा सदस्यबारे जिज्ञासा राखेका थिए ।
उनले अझै एक दिन कुर्नुस थाहा भइहाल्छ भन्ने जवाफ दिए ।

‘आज २० गते भयो । एकदिन अझै कुर्नुस् थाहा भइहाल्छ,’ खतिवडाल भने ।

राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ३ : ५८ बजे

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर– जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा