खप्तड गोल्ड कपको उपाधि सुदूरपश्चिम–११ लाई | Khabarhub Khabarhub

खप्तड गोल्ड कपको उपाधि सुदूरपश्चिम–११ लाई


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले सुदुरपश्चिम–११ ले जितेको छ ।

धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई पराजित गर्दै सुदुरपश्चिम– ११ ले उपाधि उचालेको हो । सुदुरपश्चिमले घरेलु दर्शकको साथ पाउँदा १–० गोल अन्तरले थ्रीस्टारलाई स्तब्ध पार्‍यो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा गोल गरे ।

सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम–११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।

उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । बलियो टोली थ्री स्टारले भने १० लाख १ रुपैयामा चित्त बुझाएको छ ।  सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ५९ बजे

प्रधानमन्त्री नपाएपछि हर्कले अस्वीकार गरे खानेपानी र श्रम मन्त्री

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला