एक लाख रुपैयाँसहित दाङमा ७ जुवाडे पक्राउ « Khabarhub

एक लाख रुपैयाँसहित दाङमा ७ जुवाडे पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रहरीले एक लाख भन्दा बढी रकमसहित दाङमा सात जना जुवाडेलाई पक्राउ गरेको छ।

दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले १ लाख १६ हजार ५०० रकमसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी निवासी ४० वर्षीय शुकबहादुर बुढा, ३८ वर्षीय भीमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे ,४६ वर्षीय चेतानन्द बस्नेत, ३२ वर्षीय वसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ३८ वर्षीय प्रेम विक पक्राउ परेका छन्।

बुढाको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता खड्काले बताए।

पक्राउ परेका सबैजना विरुद्ध अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : १२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै