‘कागजपत्र’ को स्याड गीत रिलिज « Khabarhub

‘कागजपत्र’ को स्याड गीत रिलिज


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएको ‘माया संसार’ बोलको गीत दर्शकले रुचाएका थिए ।

हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘तिमी जाने बाटो कता’ बोलको गीतमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतलाई फिचर्ड गरिएको छ ।

निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलबार होली समेत खेलेको थियो । संगीत सापकोटाको शब्द र संगीत रहेको यो गीतमा अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । उक्त गीतलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

अपील विष्टको लेखन तथा निर्देशन रहेको यो फिल्ममा नाजिर, शिल्पा, भोलाराज र सरिताका अतिरिक्त लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । नक्कली कागजपत्र बनाएर विदेश जाने नेपालीको कथा यो फिल्ममा देख्न सकिनेछ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको लगानी रहेको यो फिल्ममा क्यासमीर डिक्सनको छायांकन र निमेष श्रेष्ठको सम्पादन देख्न सकिनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ४१ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित