कांग्रेसमा फेरि विवाद– जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल पक्षको निर्णय « Khabarhub

कांग्रेसमा फेरि विवाद– जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल पक्षको निर्णय


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने भएको छ ।

बुधवार विहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा भेला भएका पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको भेलाले जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने निर्णय गरेको हो ।

सभापति देउवाले विभागहरु गठन गरेसँगै पौडेल पक्ष पुन असन्तुष्ट देखिएको छ । बैठकले १४औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेताहरुले बताएका छन् ।

‘हरेक कुराको काम गर्ने समय हुन्छ । समय घर्किएसँगै गर्ने काम ठिक हुँदैन’ नेता सिंहले भने,‘ महाधिवेशनको तिथि मिति तोकिसकेको कारण पार्टी भित्र निर्वाचन आचार संहिता लागू भइसकेको छ । महाधिवेशनलाई प्रत्यक्ष र परोक्ष प्रभावित गर्ने काम पार्टीले गर्नु हुँदैन ।’
‘यो भेलाबाट महाधिवेशनलाई प्रभावित गर्ने कार्यक्रम भएका कारण प्रशिक्षणलाई वहिष्कार गर्ने निष्कर्ष निस्किएको छ,’ नेता सिंहले भने ।

केही समययता सामसुम भएको नेपाली कांग्रेस भित्रको विवाद पुन बल्झिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट