कोरोना असर : प्रहरीमा मास्क अनिवार्य, हात मिलाउन बर्जित | Khabarhub Khabarhub

कोरोना असर : प्रहरीमा मास्क अनिवार्य, हात मिलाउन बर्जित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणले विश्वब्यापी रुप लिइरहँदा नेपालले पनि आइतबारयता अपरझटपूर्ण निर्यणहरु गरेको छ ।

अतिजोखिम ठानिएका मुलुकको भ्रमणमा जान रोक लगाउनेदेखि सभा/सम्मेलन गर्नमा समेत कडाईं लगाइरहँदा नेपाल प्रहरीले पनि सतर्कताका उपाय सुरु गरेको छ ।

प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

विमानस्थल, ट्राफिक चेकिङ र भीडभाडमा खटिने प्रहरीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता क्षेत्रीले बताएका छन् ।

त्यसबाहेक साबुनपानीले हात धुने, स्वास्थ्यमा समस्या देखिए परीक्षण गरिहाल्न पनि सुझाइएको छ। सकेसम्म हात नमिलाउन र नमस्ते गर्न  निर्देशन दिइएको छ ।

प्रहरीमा अभिवादन गरिदै आए पनि साथिभाई र सेवाग्राहीसँग हात मिलाइदै आएको थियो । आइन्दा त्यस्तो नगर्न उर्दी जारी गरिएको छ ।

कोरोनाकै प्रभावले फागुन २३ र २४ गते धनगढीमा तय गरिएको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठी पनि तत्काललाई स्थगित गरिएको छ ।

यस्तै कोरोनाकै कारण मापसे चेकिङ समेत फितलो भएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा शंकित व्यक्तिलाई मुखले सुँघेर गरिदै आएको चेकिङ अहिलेलाई स्थगित भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ३५ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण