प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित « Khabarhub

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, “ प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न होस् भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।”

यस्तै बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  २ : २२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट