झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ « Khabarhub

झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रहरीले झापामा लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट प्रहरीले बुधबार ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल र रू ५५ हजार नगद बरामद गरेको छ ।

विसं २०७६ जेठदेखि फागुन २१ गतेसम्ममा इलाका प्रहरी कार्यालय अनारमनीले लागुऔषधसहित ५६ लाई पक्राउ गरेको छ । पछिल्लो समय झापामा लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको