संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा | Khabarhub Khabarhub

संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन् ।

“बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा कांग्रेस एकजुट हुन जरुरी छ”, उनले भने ।

सभापति देउवाले पार्टीभित्रको झगडाका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने बताए । उनले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताए ।

“सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न कांग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ”, उनले भने ।

वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली कांग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताए ।

पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गरे ।

कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार र राजनीति दल मजदूरको आडमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि मजदूर विर्सने गरेको बताए ।

युनियनका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राईले कांग्रेसको नेतृत्वमा मजदूर आन्दोलन भए पनि पछिल्लो समय पार्टीले मजदूरलाई वेवास्था गर्दै गएको बताए ।

विसं २००३ फागुन २१ मा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा श्रमिकको हकअधिकारका लागि आन्दोलन भएको थियो । सोही आन्दोलनलाई नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ३० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र