नेपालले एसिया कप क्रिकेट खेल्न नपाउने « Khabarhub

नेपालले एसिया कप क्रिकेट खेल्न नपाउने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीले एसिया कप क्रिकेट खेल्न नपाउँने भएको छ ।

थाइल्याण्डमा चलिरहेको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल एसिया कप खेल्नबाट पनि बञ्चित भएको हो ।

बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।

इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको हो ।

अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।

अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४/४ अंक रहेको छ ।

नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस प्रतियोगिताको शीर्ष २ मा रहने टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ४२ बजे

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई