भारतमा कोरोनाको संक्रमण बढ्दो दरमा, संक्रमितको संख्या २९ पुग्यो « Khabarhub

भारतमा कोरोनाको संक्रमण बढ्दो दरमा, संक्रमितको संख्या २९ पुग्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा समेत बढ्दो दरमा देखिएको छ ।

भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ ।

अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको पुष्टि छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् । यसअघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो ।

सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए ।

भारतमा कोरोनाको संक्रम फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारी गरेको जनाइएको छ ।

संक्रमित कहाँका, कस्तो छ हालत ?

जयपुरमा १७ जना – इटालीबाट फर्केका यिनीहरुमा संक्रमण भएको हो । यिनीहरु राजस्थानका ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए । उनीहरुलाई भारतीय ड्राइभरले घुमाएका थिए । यिनीहरुको आईटीबीपी क्याम्पमा उपचार भइरहेको छ ।

यीमध्ये एक जनाको जयपुरको अस्पतालमा आइसीयुमा राखिएकामा त्यहाँ भएका अन्य ६० बिरामीमा पनि सरेको आशंकामा निगरानीमा राखिएको छ ।

आगरामा ६ जना – इटालीबाट पर्केका संक्रमित व्यक्ति आफन्तसंग घुलमिल हुँदा ६ जनामा फैलियो ।

केरलमा ३ जना– जो विदेश यात्रा गरी फर्केका थिए । यिनीहरु पूरै निको भएको जनाइएको छ ।

दिल्लीमा १ जना – जो इटालीबाट फर्केका थिए । उपचार जारी छ ।

तेलंगानामा १ जना – इटालीबाट फर्केका उनको सम्पर्कमा आएका ८८ जना निगरानीमा छन् ।

अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : २९ बजे

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका