तुरतुरे र पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते « Khabarhub

तुरतुरे र पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन कामदार घाइते भएका छन् ।

मर्स्याङ्दी नदीमाथि बनाइँदै गरिएको पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन् ।

बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।

ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए ।

गौरी पार्वती निर्माण सेवा प्रालिले पुल निर्माणको काम गरिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्