कोरोनाबाट अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा « Khabarhub

कोरोनाबाट अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसले अमेरिकामा ११ जनाको मृत्यु भएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो ।

अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको छ।

अमेरिकाको १६ राज्यमा एक सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको छ ।

यसमध्ये ३ हजार १२ जना चिनियाँ नागरिकको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : २५ बजे

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत