कोरोना भाइरसका कारण सर्‍यो ‘नो टाइम टु डाइ’ को रिलिज मिति « Khabarhub

कोरोना भाइरसका कारण सर्‍यो ‘नो टाइम टु डाइ’ को रिलिज मिति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘नो टाइम टु डाइ’ अब नोभेम्बरमा रिलिज हुने भएको छ । जेम्स बोण्ड सिरिजको यो फिल्म हलिउडको प्रतीक्षित फिल्ममध्ये एक थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको रिलिज मितिमा हेरफेर गरिएको जनाइएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण चिनियाँ लगायत बलिउड र हलिउडका फिल्म उद्योग पनि प्रभावित भएका छन् ।

‘नो टाइम टु डाइ’ पहिले ३१ मार्चमा रिलिज हुने भनिएको थियो । अब भने १२ नोभेम्बरमा बेलायत र २५ नोभेम्बरमा अमेरिकामा रिलिज हुनेछ ।

जेम्स बोण्ड सिरिजले हलिउडमा मात्र नभएर चीनको फिल्म बजारमा पनि राम्रो व्यापार गर्ने गरेको थियो । पछिल्लो समय कोरोना भाइरसका कारण चीनमा फिल्म उद्योग पनि ठप्पजस्तै भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : १२ बजे

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह