इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता « Khabarhub

इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– सिरियाको उत्तरपश्चिम इड्लिब प्रान्तमा जारी भिषण सैन्य कारबाहीका बारेमा टर्की र रसियाका नेताहरुबीच बिहीबार शिखर सम्मेलन हुने भएको छ ।

सिरियाका राष्ट्रपति रिसेप तायिप एर्डोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने यो सम्मेलन इड्लिबमा जारी हिंसाका विषयमा निर्णायक हुने अनुमान गरिएको छ ।

सिरियाली हवाई आक्रमणमा इड्लिबमा ५० जनाभन्दा बढी टर्कीका सैनिक मारिएपछि टर्की र सिरिया तथा रसियाबीच तिक्तता अरु बढेको छ । यस भिडन्तका कारण इडलिबबाट ठूलो संख्यामा मानिसहरु ज्यान जोगाउन अन्यत्र पलायन भइरहेका छन् ।

इड्लिबमा उत्पन्न मानबीय संकट टार्न तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा टर्कीका राष्ट्रपतिले ध्यान दिएका छन्छ, तर रसियाका राष्ट्रपति पुटिन भने इड्लिबमा रहेका सिरियाली सरकार विरोधी लडाकूलाई निस्तेज पार्ने उपायको खोजीमा छन् ।

सिरियाको उत्तरपश्चिम इड्लिबमा सिरियाली सरकार विरोधी लडाकूहरु रहेका र उनीहरुलाई टर्की र अमेरिका समेतका मुलुकले आर्थिक तथा राजनीतिक सहयोग गरिरहेका छन् । तर रसिया समर्थित सिरियाली सरकारले यी लडाकूलाई निस्तेज पार्ने भन्दै हवाई र अन्य सैन्य कारबाही गरिरहेको छ ।

इड्लिबमा जारी तनाबका कारण युरोपेली मुलुकका सीमामा आप्रवासीको ठूलै समूह भेला भइसकेको छ । त्यसर्थ इड्लिब सङ्कटलाई युरोपेली मुलुकहरुले पनि चासोका साथ हेरिरहेका छन् । इड्लिबमा करिब ३० लाख जनसंख्या रहेको र सशस्त्र हिंसा भड्किए त्यहाँ ठूलो मानवीय क्षति हुनेछ ।

एक जना रसियाली विदेश मामिला विज्ञ भ्लादिमिर फ्रोलोभका अनुसार सिरियाली राष्ट्रपति असादको पूरै ध्यान इड्लिबमा केन्द्रित भएको छ । “राष्ट्रपति असाद इड्लिबलाई नियन्त्रणमा लिएर टर्कीसँगको सीमा बन्द गर्न चाहन्छन् । इड्लिबमा रहेका सुन्नी मुसलमानहरु असादका लागि टाउको दुखाईको विषय हो, र असाद उनीहरुलाई टर्कीतर्फ पठाउन चाहन्छन् ।”

हाल इड्लिब मात्र सिरियाको नियन्त्रणमा छैन । त्यहीकारण असादले रसियाको सहयोगमा इड्लिबमाथि सैन्य कारबाही थाल्नु भएको छ । आक्रमणको भयका कारण गत डिसेम्बर १ देखि यतामात्र करिब १० लाख मानिस अन्यत्र पलायन भइसकेका छन् । सिरियाली गृहयुद्ध थालिएपछि यति ठूलो संख्यामा मानिसहरु एकैपटक अन्यत्र पलायन भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ३ : ०९ बजे

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका

अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

बनेपा– काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म

पूर्ववत सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने इरानको चेतावनी

काठमाडौं- तेहरानका पूर्ववत सातवटा सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि