राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक « Khabarhub

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा यूएईविरुद्ध १६ बलमै विस्फोटक अर्धशतक प्रहार गरेका छन् ।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा वैभवले आक्रामक सुरुवात गरेका हुन् । उनले १६ बलको सामना गर्दै १ चौका र ८ छक्काको मद्दतमा अविजित ५४ रन जोडेका छन् ।

वैभवको विस्फोटक ब्याटिङसँगै भारत ‘ए’ ले सुरुवाती ३.४ ओभरमै १ विकेटको क्षतिमा ६९ रन बनाइसकेको छ । उनले पहिलो विकेटका लागि अभिषेक शर्मा (१२ रन) सँग ३.३ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । अभिषेकलाई इबरार अहमदले एल्बीडब्लू धरापमा पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । यूएईका लागि तेस्रो नम्बरमा आएका हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ्स खेले ।

भारत ‘ए’ का बलर अर्सद खानले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । हर्षित राना, सूर्यांश सेड्गे, हर्ष दुबे र साहबाज अहमदको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ३९ बजे

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर–  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनः

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका

अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई