सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा « Khabarhub

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटवार्ता गरिसकेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट र संवाद गर्नु आफ्नो जिम्मेवारीभित्र पर्ने बताएका हुन् ।

उनले आफू कांग्रेस सभापति भएपछि ओलीसँग पाँचौँ पटक भेटेको जानकारी दिँदै अन्य दलका अध्यक्षसँग पनि भेटघाट हुने गरेको स्पष्ट पारे ।

‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु । अस्ति मैले पाँचौँ पटक भेटेँ,’ उनले भने, ‘म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ । प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ ।’

थापाले प्रदेश सरकारका विषयमा विभिन्न दलका नेताबीच छलफल र संवाद हुनु स्वाभाविक रहेको पनि बताए । 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ३८ बजे

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर–  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनः

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका

अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई