कोरोना भाइरस संक्रमणको आशंका गरिएका ‘बिरामी’ अस्पतालबाट फरार, विमान चढेर विराटनगर पुगे | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको आशंका गरिएका ‘बिरामी’ अस्पतालबाट फरार, विमान चढेर विराटनगर पुगे


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनअघि सुनसरीका ३२ वर्षका एकजना पुरुष कोरियाबाट स्वदेश फर्किए । कोरियाबाट फर्किएपछि काठमाडौंको एक होटलमा पत्निसँगै रहेका ती पुरुषलाई ज्वरो आयो ।

ज्वरो आएपछि ती पुरुषकी पत्निले कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भन्दै परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्‍याइन् ।

बुधबार पत्निसँगै आएका ती युवालाई टेकु अस्पतालका चिकित्सकहरुले प्रारम्भिक जाँच गरे । कोरोना प्रभावित क्षेत्रबाट फर्किएको केही दिन मात्र भएको र ज्वरो समेत आएकाले चिकित्सकहरुले कोरोना भाइरसको आशंका गर्दै आइसोलेसनमा भर्ना गर्ने तयारी गरे । तर, ती युवा आइसोलेसनमा बस्नुपर्ने भनेपछि डराए ।

अस्पतालका चिकित्सकहरुले उनलाई कोरोना परीक्षण गरिने र कोरोनाको परीक्षण नेगेटिभ देखिएमा घर पठाउने बताएका थिए । तर ती युवा भने बुधबार राती नै चिकित्सकलाई जानकारी नगराइ अस्पतालबाट भागे ।

बुधबार साँझ आएकाले अस्पतालले ती युवाको कारोना परीक्षण आज (बिहीबार) गर्ने तयारी समेत गरेको थियो । ती युवा अस्पतालबाट भागेको कुरा अस्पताल प्रशासनले लुकाउने प्रयास गर्‍यो ।

अस्पतालबाटै कोरोनाको आशंका गरिएका व्यक्ति भागेको विषयमा बुझ्दा अस्पतालका निर्देशक डाक्टर सागर भण्डारीले आफूलाई कुनै जानकारी नभएको बताए ।

‘यो विषयमा मलाई कुनै जानकारी छैन, मैले हाम्रो अनुप डाक्टरसाबसँग बुझ्नुपर्ने छ, मैले अहिलेसम्म बुझेको छैन ,’ डा भण्डारीले खबरहबसँग भने ।

स्रोतका अनुसार बिहीबार बिहान अस्पताल प्रशासनका चिकित्सकहरुले प्रहरीको सहयोगमा उनको मोवाइल नम्बर ट्रेसिङ गर्दा लोकेशन त्रिभुवन विमानस्थलमा देखाएका थियो । विमानस्थलमा लोकेशन देखाए पनि उनलाई टेकु अस्पताल ल्याउने प्रयास भने भएन ।

केही बेरमा उनी विमान चढेर विराटनगर पुगिसकेका थिए ।

कोरोनाको आशंका गरिएका व्यक्ति भागेर विराटनगर पुगेपछि मात्रै टेकु अस्पतालका निर्देशक भण्डारीले बिरामी भागेको स्वीकार गरे ।

‘केही दिन अघि कोरियाबाट आएर होटलमा बसेका व्यक्तिलाई उनकी श्रिमतीले कोरोनाको आशंकामा अस्पतालमा ल्याएकी थिइन् । अस्पतालमा आएपछि उनीहरु आफैं डराएर अस्पतालमा बस्न मानेनन्,’ डा भण्डारीले हाँस्दै भने, ‘ती युवाले मलाई कोरोना भएको छैन भनेर बस्न मानेन् ।’

डा भण्डारीले ती बिरामी अस्पताल बस्न नमानेपछि आज (बिहीबार) कोरोना परीक्षणका लागि बोलाइएको बताए । तर बिरामी नआएपछि प्रहरीको सहयोगमा मोवाइ नम्बर ट्रेसिङ गर्दा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लोकेशन देखाएको डा भण्डारीले बताए ।

उनले ती पुरुष अहिले आफ्नो घर गइसकेको र कोरोनाको थप लक्षण देखिएमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न जानु भनेर सुझाव दिइएको बताए ।

‘हिजो (बुधबार) बस्नु भन्दा मानेन, केही भयो भने भोली बिहान आउँछु भनेका थियो, तर आएनन्, बिहान नआएपछि हामीले मोवाइन नम्बर ट्रेसिङ गर्दा काठमाडौं एर्पोट पुगेको रहेछ,’ डा भण्डारीले भने,  ‘पछि उनी विमान चढेर विराटनगर पुगिसकेका रहेछन् । केही समस्या देखियो भने धरान जानु भनेर हामीले भनिसकेका छौं ।’

कोरोनाको आशंका गरी डाक्टरले नै कोरोना परीक्षण गर्न लागेको बिरामीलाई अस्पतालबाट किन जान दिइयो ? भन्ने प्रश्नमा डा भण्डारीको जवाफ थियो– ‘अहिले यो विषयमा प्रश्न नगर्नु, मसँग लामो समय छैन, म यही बिषयको मिटिङमा छु । मुख्य कुरा मैले भनिहाले । उनका खासै लक्षण थिएन, लक्षण धेरै नभएकोलाई केही गर्नु पर्दैन क्या । मुख्य लक्षिण भएको मान्छेलाई मात्र स्क्रिनिङ गछौं ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ४ : ०६ बजे

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती