भारतीय राजदूत क्वात्राले दिए महात्मा गान्धीसम्बन्धी प्रधानमन्त्री ओलीको लेख समावेश पुस्तक उपहार « Khabarhub

भारतीय राजदूत क्वात्राले दिए महात्मा गान्धीसम्बन्धी प्रधानमन्त्री ओलीको लेख समावेश पुस्तक उपहार


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीको लेख छापिएको पुस्तक उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई उपहार दिएका छन् ।

राजदूत क्वात्राले प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता मोहनदास करमचन्द गान्धी ‘महात्मा गान्धी’को बारेमा लेखेको लेख छापिएको उक्त पुस्तक उपहार दिएका हुन् ।

राजदूत क्वात्राले राष्ट्रपति भवन शीतलनिवासमा ओहोदाको प्रमाण पत्र पेश गरे लगत्तै उप-राष्ट्रपति पुन, उप–प्रधानमन्त्री पाेखरेल र परराष्ट्रमन्त्री ज्ञवालीसँग औपचारिक शिष्टाचार भेटवार्ता गर्दै  ‘ह्वाट गान्धी मिन्स टू मी’ नामक पुस्तक उपहार स्वरूप दिएका हुन्।

राजदूत क्वात्रा नेपालका लागि २५औं राजदूत हुन्। डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नेपालका लागि नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए।

तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरिसकेका छन् ।  क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए।

क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल-भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ०२ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत