जरासन्धको नीति- शत्रु शक्तिशाली भए के गर्ने ? « Khabarhub

जरासन्धको नीति- शत्रु शक्तिशाली भए के गर्ने ?


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाभारतमा शक्तिशाली राजाहरुको वर्णन गरिएको छ । जसमध्यका एक शक्तिशाली राजा हुन- जरासन्ध । उनी मगधका राजा थिए ।

महाभारत अनुसार  जरासन्ध र भगवान श्रीकृष्ण बीच युद्ध भएको थियो । उक्त युद्ध कृष्णले कूटनीतिको माध्यमबाट जित हासिल गरेको उल्लेख छ ।

हालको विहारमा पर्ने मगधका राजा जरासन्ध निकै कठोर थिए । उनले राजा तथा मन्त्रीहरुलाई पहाडी क्षेत्रमा बन्दी बनाएर राख्ने गर्थे । महाभारतका अनुसार भीमले जरासन्धसँग युद्ध गरेर उनलाई मारेका थिए ।

श्रीमदभागवत गीतामा उल्लेख भएअनुसार भगवान कृष्ण र बलरामले जरासन्धसँग युद्ध गरेका थिए ।

जरासन्ध निकै कुटनीतिक चाल चल्थे । शत्रु शक्तिशाली भयो भने कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा उनी निकै चनाखो रहन्थे । सोही अनुरुप उनी युद्ध मैदानमा उत्रिन्थ्ये ।

एक पटक कृष्ण र जरासन्धको बीचमा युद्ध चलिरहेको अवस्थामा कृष्ण र बलराम भागिरहेका थिए, त्यतिबेला जरासन्ध हाँसेका थिए । धेरै पर पुगेपछि उनीहरु निकै उचाइको प्रवर्शण पर्वत चढेका थिए । उनीहरु यो पर्वत चढेसँगै जरासन्धले पर्वतको चारैतिर आगो लगाइदिएको थियो । ठूलो आगो लागेपछि कृष्ण र बलराम ४४ कोशको पर्वतबाट जरासन्धको सैनिको घेरा नाघेर तल आएका थिए ।

उनीहरुलाई जरासन्ध र उनका सैनिकले देख्न सकेनन् । जरासन्धले उनीहरु मरेको ठानी आफ्नो सेना लिएर मगध फर्किए । यो युद्धका क्रममा कृष्णले जरासन्धलाई कृष्ण र बलराम मारिए भन्ने भ्रम उत्पन्न गर्न सफल भए ।

यसका साथै उनको युद्धबाट शत्रु आफूभन्दा बलियो छ भने पहिला आफू पनि बलियो बन्नु जरुरी हुन्छ भन्ने सन्देश पनि दिएका छन् ।

आफू युद्धका लागि सक्षम छैन भन्ने लागेमा युद्ध छाडेर भाग्नुमा पनि कुनै खराबी नहुने नीतिबाट बुझ्न सकिन्छ ।

को थिए जरासन्ध

उनी एक  चंद्रवंशी क्षेत्रीय राजा थिए । वायु पुराणका अनुसार बृहद्रथको  कुलमा जन्मिएका उनले मगधमा उनले लामो समयसम्म शासन गरेका थिए । शास्त्रमा उल्लेख भए अनुसार उनले १ हजार वर्ष शासन गरेका थिए । त्यसपछि मात्र नन्द वंशको शुरुवात भएको थियो ।

उनको जन्मको कथा पनि रोचक छ । उनका पिता बृहद्रथका दुई पत्नी थिए । बृहद्रथ दुबै पत्नीलाई समान माया गर्दथे । तर उनका कुनै सन्तान थिएनन् । जसका कारण उनी निकै दुःखी रहन्थे । एक पटक एक ऋषि ने वरदान स्वरूप बृहद्रथलाई एक फल दिएका थिए । ऋषिले उक्त फल पत्नीलाई खुवाउन सुझाएका थिए ।

बृहद्रथले उक्त फललाई दुई बराबर भाग लगाएर पत्नीलाई दिए । उक्त फल खाएपछि दुबै पत्नी गर्भवती बनेकी थिइन् । जब बच्चाको जन्म भयो ती बच्चाहरुक पनि आदि-आदि शरिरका जन्मिए । यस्ता बच्चाहरुलाई देखेर बृहद्रथ निकै त्रसित बने । दुःखी मनले उनले ती दुबै आधि आधि हिस्सामा बाँढिएका शिशुलाई जंगलमा फ्याकिदिएका थिए ।

जंगलमा वन दुर्गाले ती शिशुहरु देखेपछि उनले उनीहरुलाई जोडेर एक बनाइन् र जरासन्धलाई फिर्ता दिएको किंबदन्ति छ ।बृहद्रथले वन दुर्गाको नामलाई नै जोडेर आफ्ना पुत्रको नाम जरासन्ध राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को