मास्क लगाएर दिल्ली लागे कांग्रेस नेता « Khabarhub

मास्क लगाएर दिल्ली लागे कांग्रेस नेता


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मास्क लगाएर नेपाली कांग्रेसका नेताहरु दिल्ली प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन् ।

उनीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनीहरुले भारत जाने बेला मास्क लगाएको सामूहिक फोटो बाहिरिएको छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना