कोरोना भाइरस : वैदेशिक अध्ययनमा असर « Khabarhub

कोरोना भाइरस : वैदेशिक अध्ययनमा असर


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड -१९, कोरोना भाइरसको संक्रमणा विश्वब्यापी फैलिने क्रम जारी छ।

चीनको वुहानामा देखिएको यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक अध्ययनमा जाने विधार्थीहरुलाई र अध्ययन गरिरहेकाहरुलाई पनि निकै असर पारेको छ।

विश्वका उत्कृस्ट शैक्षिक गन्तव्यहरु अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा र जापानलगायतका देशहरुले विद्यार्थीको यात्रामा निषेध वा सावधानीका साथ प्रवेश गराउन थालेका छन्।

अमेरिकाका कतिपय विश्वविद्यालयहरुले नियमित कक्षालाई अनलाइन मोडमा संचालन गरेका छन् भने स्कुलहरुलार्इ केहि समयको लागि कतिले बन्द गर्दैछन।

अस्ट्रेलिया सरकारले हरेक हप्ताको समीक्षा गर्दै ट्राभल एड्भाइजरि जारी गरिरहेको छ भने न्युजिल्याण्डले हरेक दुइ दिनमा कोरोना भाइरसको प्रभाब र असर संगै ट्राभल एडभाइजरि जारी गरिराखेको परिस्थिति छ।

मुख्यतया अधिकांश देशहरुले चीन ट्रान्जिट भएर यात्रा गर्न निषेध गर्दै चीन, दक्षिण कोरिया, इरान र इटालीका नागरिकलाई आफ्नो देशमा भित्रिन निषेध गरेका छन्।

व्यवसायिक सभा, समारोह तथा एक्सचेन्ज कार्यक्रमहरु स्थगित गरिएको छ भने विश्वविद्यालय तथा कलेजहरुले परम्परागत शैलीको होस्टेल बसाइको तरिकामा ब्यापक बदलाव ल्याइरहेका छन्।

नेपाल सरकारले कोरोना अतिसंक्रमित देशको नो अब्जेक्शन सर्टिफिकेट दिन रोक्ने सुचना प्रकाशित गरेको भएतापनि बिश्व स्वास्थ्य संगठनले अध्यावधिक गर्ने कोरोना देखिएका देशको लिस्टमा पर्ने सबैलाई नो अब्जेक्शन सर्टिफिकेट रोकिराखेको अवस्था छ।

विश्वका विश्वविद्यालय तह निर्धारण गर्ने संस्था क्यूएसले हालै अफ्रिका, एसिया र अस्ट्रेलियन देशका २ हजार विद्यार्थीइमा गरेको सर्भे अनुसार ६१ प्रतिशत विद्यार्थीहरु आफ्नो अन्तर्रास्ट्रिय शैक्षिक अध्ययनको यात्रालाई जारी राख्ने, कोरोना भाइरसले आफ्नो अध्ययन योजनामा परिवर्तन नगर्ने सोचाइ बनाएको रिपोर्टले देखाउछ।

नेपाली शैक्षिक परामर्शदाता संस्थाहरुका अनुसार नेपाली विद्यार्थीहरु कोरोना भाइरसको संक्रमणबाट आफ्नो सुरक्षामा ध्यान दिदै आवश्यक तयारीमा जुटिरहेकै छन् ।
कोरोना कै बहानामा सरकारले नो अब्जेक्शन सर्टिफिकेट दिन रोक्ने कामलाई अनिश्चितकाल सम्म लम्ब्याउने त हैन भन्ने चिन्ता बढ्न थालेको राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेल बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय