प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– शुक्रबारदेखि हिँडाउन शुरु « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– शुक्रबारदेखि हिँडाउन शुरु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको जनायएको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि सामान्य हिँडडुल समेत गराउन थालिएको जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्युको मिर्गौला प्रत्यारोपण गरिएको आज (शुक्रबार) तेस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडपुल गराउन थालिएको छ । साथै, ठोस आहार दिन थालिएको छ ।’

कार्यकारी निर्देशक खड्गाद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका पनि जनाइएको छ ।

साथै, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी नता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार हुँद गएको अस्पतालले जनाएको छ । संग्रौलालाई पनि ठोस आहार दिन थालिएको खड्गाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : १४ बजे

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।