विद्यालय बन्द गर्ने निर्णय भएको छैन, एसईई तोकिएको समयमै हुन्छ : शिक्षा मन्त्रालय « Khabarhub

विद्यालय बन्द गर्ने निर्णय भएको छैन, एसईई तोकिएको समयमै हुन्छ : शिक्षा मन्त्रालय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ ।

मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिका अनुसार सञ्चालन हुने छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’

त्यस्तै मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ५३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच