एसइई सरेको छैन, यथावतरूपमा सञ्चालन हुन्छः शिक्षा मन्त्रालय | Khabarhub Khabarhub

एसइई सरेको छैन, यथावतरूपमा सञ्चालन हुन्छः शिक्षा मन्त्रालय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको र विद्याय बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भइरहेकाले उक्त परीक्षा यथावतरूपमा नै सञ्चालन हुने जानकारी दिए ।

उनले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्नेजस्ता गलत सूचनाको भ्रममा नपर्नसमेत अनुरोध गरेका छन् ।

विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको जनाउँदै आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत तथा सञ्चारमाध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरासमेत जानकारी गराए ।

मन्त्रालयले यसअघि नै कोरोना भाइसरका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न विद्यालयलाई निर्देशनसमेत गरिसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ०१ बजे

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने