कोरोनाको सन्त्रास : राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित « Khabarhub

कोरोनाको सन्त्रास : राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन राष्ट्रिय फुटबल टोलीको तयारी र उपमेयर कप स्थगन गरिएको एन्फाले जनाएको हो ।

फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगन गरिएको हो ।

घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।

त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशिया छनोटमा नेपाल समूह बीमा रहेको छ ।

पाँच खेल खेलको नेपाल एक जितसहित तीन अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी उपमेयर कप महिला लिग फुटबल तोकिएको मितिभन्दा ढिला हुने एन्फाले जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रंगशालामा आगामी चैत ३ गतेदेखि शुरु हुने जनाएको थियो ।

एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधिसमेत स्थगन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : ५७ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले