हिउँले ढाकिएपछि यस्तो देखियो कालिञ्चोक... (फोटोफिचर) | Khabarhub Khabarhub

हिउँले ढाकिएपछि यस्तो देखियो कालिञ्चोक… (फोटोफिचर)



दोलखा – रङ्गीचङ्गी जस्ताका छाना भएका भिन्नभिन्न शैलीका आकर्षक घर, अनि झुरुप्प बस्ती ।

चारै तिर हिउँले घेरिएका डाँडाकोबीचमा सानो उपत्यका । हेर्दै मनमोहक लाग्ने दृश्य । साँच्चिकै रमणीय छ, प्राकृतिक एवम् धार्मिक हिसाबले कहलिएको कालिञ्चोक ।यहाँ कालिञ्चोक भगवती मन्दिर क्षेत्रको कुरी उपत्यकाले मनलाई शान्त बनाउँछ । दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोक क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य पनि हो ।कालिञ्चोक भगवतीको दर्शन गर्ने र हिउँ खेल्नेहरुले अहिले कुरी भ्याली भरिभराउ छ । आँखै अघिका हिमाल र टाकुराहरुले मन फुरुङ्ग बनाउँछ।कालिन्चोक भगवतीको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्मका लमतन्न भएका हिमालले जोकोहिलाई लोभ्याउँछ ।ठूला–ठूला चौर र चौरी गाईको उपस्थितीले यस स्थानको सुन्दरतालाई थप पुलकित पार्छ । धार्मिक एवंम् पर्यटकीय सम्पदाका दृष्टिले महत्वपूर्ण दोलखाका विभिन्न उच्च हिमाली क्षेत्रमा यो बर्ष भारी हिमपात भएकाले पनि हिउँ खेल्नैका लागि हजारौं पर्यटक कालिञ्चोक पुगेका छन् ।

केबलकारको सुविधा

कुरी उपत्यकाबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न पैदल यात्रा गर्दा झण्डै एक घण्टा उकालो चढ्नुपर्छ । अहिले पर्यटकको सुविधालाई मध्यनजर गर्दै केवलकारको पनि सुविधा छ । यात्रुहरु केवलकार वा हिडेर आफ्नो इच्छा अनुसार मन्दिरसम्म पुग्न सक्छन् ।कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमश्रृङ्खला र प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिर, प्राकृतिक र धार्मिक दुवै हिसाबले निक्कै महत्वपूर्ण गन्तव्यस्थल हो ।

 

 

कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड यो शक्तिपीठको मुख्य विशेषता हो । जुन पहाडको चुचुरोमा भएर पनि बाह्रै महिना पानीको कुण्ड जमेको देख्न सकिन्छ ।जुन कुण्डलाई सातवटा शक्तिशाली भगवतीहरु मध्येको एक कालिन्चोक भगवतीको शक्तिको प्रतिकका रुपमा पूज्ने चलन छ । भगवतीको दर्शन गरेर विधिपूर्वक पूजा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ ।पर्यटकका लागि कुरी बजार भरी दुई दर्जन भन्दा बढि होटलहरु सञ्चालनमा छन् । जहाँ  ३ हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १२ : ३२ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम