प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार, ल्याब सूचकांकहरु सामान्य अवस्थामा « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार, ल्याब सूचकांकहरु सामान्य अवस्थामा


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।

ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालले आज (शनिवार) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

‘उहाँलाई नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीलाई सामान्य हिँडडुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका केपी ओलीलाई उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । अस्पतालले उनको पनि स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ४ : ३४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट