होली खेल्दा खुकुरी हानाहान, उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ « Khabarhub

होली खेल्दा खुकुरी हानाहान, उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– होली खेल्ने क्रममा काठमाडौंमा खुकुरी हानाहान भएको छ । काठमाडौंका नयाँ बानेश्वर क्षेत्रमा होली खेलिरहेका युवाहरुको समूहबीच खुकुरी हानाहान भएको हो ।

खुकुरी हानाहानमा २ जना युवा घाइते भएका जनाइएको छ ।

खुकुरी लागेर दुईजना युवा छत्र भण्डारी र सौगात केसी सामान्य घाइते भएका छन् । होली खेलिरहेका युवाहरुको बीचमा गएर एक युवाले नाङ्गो खुकुरी देखाउ थालेपछि झडप भएको थियो ।

नजिकै रहेको प्रहरीको सक्रियताका कारण घटनाले ठूलो रुप लिएन । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले खुकुरी देखाउने युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

५० जना पक्राउ

प्रहरीले होलीका क्रममा उच्छृङ्ख गतिविधि गर्ने ५० जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

जबरजस्ती रंग दल्ने, लोला हाल्ने, हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना