विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ? « Khabarhub

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ।

त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।

आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ११ : ३५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका