सिन्धुलीमा बस र कार ठोक्किँदा ७ जना घाइते « Khabarhub

सिन्धुलीमा बस र कार ठोक्किँदा ७ जना घाइते


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ खहरे खोलामा कार र बस एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी कार चालकसहित ५ जना र बसमा सवार २ जना घाइते भएका छन् ।

काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा २० च ३४९८ नम्बरको कार ठोक्किँदा दुर्घटना हुन पुगेको हो ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार कारमा सवार ५ जना गम्भीर घाइते छन् । बसमा सवार २ घाइते भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, खुर्कोटका अनुसार कारमा सवार ५ जना घाइतेलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ५५ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय