प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् ।

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन खनालसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत बै‌ङ्कक गएका हुन् ।

बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ३३ बजे

दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको 

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– सोमबार भएको जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका