भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा « Khabarhub

भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदूरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् ।

भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका–२ निवासी १४ वर्षीय रमानन्दकुमार दास, १४ वर्षीय हेमनारायण दास, नवराजपुर गाउँपालिका–४ निवासी १४ वर्षीय भगवतीकुमार मण्डल, सोही ठाउँका १० वर्षीय सन्तोष मण्डल, ११ वर्षीय रोशनकुमार मण्डल, १३ वर्षीय सुनिलकुमार मण्डल, १५ वर्षीय इन्द्रजित मण्डल, १६ वर्षीय वीरेन्द्र महरा, १७ वर्षीय शैलेन्द्रकुमार राम र १४ वर्षीय सुरेशकुमार रामलाई प्रहरीले अभिभावकको जिम्मा लगाइएको हो ।

मजदूरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका–१७ माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिनेसँगै अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाएको जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ११ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला